विराटनगरमा सवारीदुर्घटनापछि स्थानियले ट्रकमा आगो लगाए

विराटनगर / मोरङको विराटनगस्थित बरगाछीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका हन् ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभइएको मोरङका एसपी दीपक पोखरेलले बताए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।