सुन्दरहरैचामा पानीमा डुबेर बालकको मृत्यु

सुन्दरहरैंचा ।  मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ आदर्श टोल बस्ने फिरोज आलामको १७ महिनाको छोरा  हमिद आलमको पानीमा डुबेर मृत्यु भएको छ ।

घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भनि आफन्तले  बिराटचोक प्रहरीमा जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी पुगेर शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ ।