ल्होछारले एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ: सहमहामन्त्री खड्ग फागो

उर्लाबारी / नेपाली काङ्ग्रेस कोशी प्रदेशका सह-महामन्त्री एबम उर्लाबारी नगरपालिकाका पुर्ब मेयर खड्ग फागोले तामाङ समुदायको पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले नेपालीका बिच एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पुर्ब मेयर खड्ग फागोले तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) को अवसरमा शुभकामना दिनुहुदै हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताउनुभएको छ ।

उहाँ भन्नुहुन्छ , ‘‘विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनः एक पटक शभकामना व्यक्त गर्दछु ।’’

तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै फागोले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा तामाङ समुदाय पनि एक महत्त्वपूर्ण अङ्ग भएको बताउनुभएको छ।

‘‘तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बद्र्घन एवम् संरक्षण गर्न महत्त्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु ।,’’फागोले भन्नुभयो ।




Leave a Reply

Your email address will not be published.