कर्णली सहकारीले उपचारका लागि कार्कीलाई दियो ४८ हजार २ सय

पथरी / कर्णाली बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले स्वास्थ्य बिमावापतको रकम प्रदान गरेको छ । सहकारीले उपचार खर्चवापत ४८ हजार २ सय रुपैयाँ पूनम कार्कीलाई प्रदान गरेको हो । पथरीशनिश्चरे नगरपालिका १ निवासी कार्कीलाई बुधबार विशेष उपचार कोषमार्फत सो रकम प्रदान गरिएको हो ।

कर्णालीले आफ्ना सेयर सदस्य गम्भीर वा सामान्य बिरामी भई उपचार गर्नुपरे त्यसबापत १० लाखसम्म रकम प्रदान गर्दै आएको छ । कर्णलीमा विशेष कोष अन्तरगत ५ हजार जम्मा गरे पछि सो सेवा लिन सकिन्छ । एक वर्ष अगाडि पथरी सेवा केन्द्र स्थापना गर्दा सदस्या लिई विशेष कोषको अन्तर गतको सदस्यता लिएकी कार्की एपेण्डीसाईड र पाठेघरमा अ‍ैंजेरु पलाएर काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उचार गराई फर्किए पछि खर्चको ४० प्रतिशत रकम कार्कीले प्राप्त गरेकी थिईन् ।

सो कोषमा आवद्ध भएको १ वर्ष पछि सो सेवा लिन सकिने तथा १ देखी ५ वर्ष सम्म उपचर खर्चमा ४० प्रतिशत र ५ देखी १० वर्ष सम्म ६० प्रतिशत सेवा लिन सकिने पथरी सेवा केन्द्र प्रमुख साबित्रा भट्टराईले जानकारी दिईन् ।

सहकारीले विभिन्न स्थानमा रहेका ४२ वटा सेवाकेन्द्र मार्फत आफ्ना सेयर सदस्यहरुलाई बित्तिय सेवाका साथै उपचार खर्च र मृत्यु राहत उपलब्ध गराउँदै आएको छ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यलय झापाको बिर्तामोड ४ मा रहेको छ ।