१० बर्ष लामो खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ वंशावलि सार्वजनिक

पथरी / लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बु) समुदायको बंशावलि सार्वजनिक भएको छ । १० वर्ष लामो खोज अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावलि सार्वजनिक गरिएको थियो । सांवा वंशावलिका अध्यक्ष धनप्रसाद सांवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बंशावलि सार्वजनिक कार्यक्रममा झापा मोरङ सुनसरी लगायतका जिल्लाका फेम्सोहाङ लिबाङ लिम्बुहरुको उपस्थििति रहेको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँवाले बंशावलि पुस्तक प्रकाशन गर्नु चुनौतिपूर्ण कार्य रहेको भन्दै अनुसन्धानकर्तालाई धन्यवाद ज्ञापन गर्नुका साथै चुनौतिपूर्ण कार्यमा केही समस्या हुन सक्ने हुँदा केहि कमिकमजोरी रहे अनुसन्धानकर्तालाई सुझाव दिएर सहयोग गर्न आग्रह गरेका थिए ।कार्यक्रममा बोल्दै लेखन तथा संकलन टोलीका संयोजक ताराहाङ लिम्बुले पुस्तकमा भएका कमिकमजोरीलाई सुझावको रुपमा ग्रहण गर्दै दोश्रो संंकरणमा थप सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएका थिए ।




Leave a Reply

Your email address will not be published.