सांसद शुनिल शर्माले दार्चुलाका २ विद्यार्थीलाई सि ए पढाइदिने

प्रेमप्रसाद भट्टराई (के.डि) / मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा।सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सि.ए (चार्टड एकाउण्टेण्ट) पढाइदिनुहुने भएको छ । नेपाल विद्यार्थी संघ दार्चुला वहुमुखि क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसंग विद्यार्थी संवाद’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका डा. शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो ।

नेपाली काङग्रेसबाट निर्वाचित सांसद शर्माले उक्त घोषणासंगै जागिरको समेत ग्यारेन्टी घोषणा गर्नुभएको थियो । क्याम्पसमा अध्ययनरत इच्छुक अब्बल २ विद्यार्थीहरुलाई काठमाडौँ अथवा विराटनगरमा पढ्ने इच्छा भए पढाइको सम्पूर्ण खर्च आफूले बेहोर्ने उहाँले बताउनुभएको थियो । नोबेल मेडिकल ,काठमाडौं मेडिकल कलेज सञ्चाका समेत रहनुभएका सांसद शर्माले आफू निर्वाचित क्षेत्र तथा क्षेत्रबाहिरका पढाइमा अब्बल कैयौँ विद्यार्थीहरुलाई निशूल्क अध्ययनको व्यवस्था मिलाउनुभएको छ । उहाँले आफ्नो हस्पिटलमा विपन्न विरामीहरुलाई निशूल्क तथा केहि छुटमा समेत उपचार हुने व्यवस्था समेत मिलाउनुभएको छ । सांसद शर्माले सरकारका कमिकमजोरीविरुद्ध निरन्तर आवाज उठाएर जनतामाझ परिचित हुनुहुन्छ ।