रेडलाइड एरिया स्वतन्त्र सहवास चाँहियो सरकार

गजल
तेजन खड्का
अस्तव्यस्त बन्यो देश निकास चाँहियो सरकार
भष्ट्रचार हैन यहाँ विकास चाँहियो सरकार

सत्ता प्राप्ति ‘का लागि मात्र लागि पर्नुहुन्छ
बेकामेहरुको चाँडै अबकास चाँहियो सरकार

सहमतिका पक्राउ पर्छन ,बलात्कारलाई प्रोत्साहन
रेडलाइड एरिया स्वतन्त्र सहवास चाँहियो सरकार

काम भन्दा भाषण धेरै ,दोश एकअर्कालाई
जनतालाई बिश्वासिलो आश चाँहियो सरकार

बेरोजगार, गरीवीले पलायन बिदेश युवाहरु
स्वदेश मै रोजीरोटी गाँस चाँहियो सरकार

जनयुद्धमा मारिएका वेपत्ता भएकाहरुको
कि त जिवित हैन, भने लाश चाँहियो सरकार

भएका सम्पदा नि दिनानुदिन मासिदैछन्
हराबरा बनजंगल घाँस चाँहियो सरकार