क्रिकेटमा यो भन्दा राम्रो गर्न सक्छौ: मन्त्री लिम्बु

बेलबारी । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले नेपाली क्रिकेट खेलाडीले सोचे भन्दा राम्रो गरिरहेको बताएका छन । शनिबार अमना सिसौली सामुदायिक वन उपभोक्ता समुहको कार्यालय भवनको शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले सो कुरा बताएका हुन ।

मन्त्री लिम्बुले खेलाडीलाई अझ प्रशिक्षण दिदै खेलाडिको मनोबल बढाउन सेवा सुविदा दिन सके अझ क्रिकेटमा थप सफलता पाउन सक्ने बताए । मन्त्री लिम्बुले हिजोको दिनमा खेलाडीले चना चिउरा समेत आँफै खानुपर्ने अवस्था अहिले अन्त्य भएको बताएका छन ।

लिम्बुले कोही खेलाडी तथा संघलाई कुनै बाहिरी संघ सस्थाबाट आउने सहयोगलाई साकारात्मक तरिकाले सामान्य रुपमा लिनुपर्ने बताएका छन । यसले थप खेलाडिहरुको आत्मबल बाध्न सक्ने लिम्बुले बताएका छन ।