नगर खेलकुद महोत्सव : युनिटी स्पोर्टस क्लव सेमिफाइनल प्रवेश

पथरी / मोरङको पथरीशनिश्चरेमा जारि पथरीशनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुर सेमिफाइनल प्रवेश गरेको छ ।

युनिटीले राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । युनिटीका निरोज धिमालले एक्लैले खेलको २२ औं र ३० औं मिनेटमा गोल गरेका थिए । खेलको पहिलो हाफ राम्रो खेल पस्कन नसकेको राइजिङले दोस्रो हाफमा भने राम्रै खेल प्रदर्शन गरेको थियो । तर, पास मिलाए पनि फिनिसिङ दिन नसक्दा राइजिङले पराजय भोग्नुपर्यो ।

खेलको म्यान अफ द म्याच विजेता टिमको रोहन लिम्बु घोषित भए । लिम्बुलाई नगरपालिकाका लेखा अधिकृत पिताम्बर वस्तीले नगद रु। २ हजार र ट्रफी प्रदान गरेका ।
पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको भोलिको खेल कल्याण एफ।सी। र देविगन्ज एफ।सी। बीच हुने संयोजक दीपक राईले जानकारी गराउनुभयो ।