वेतना सिमसारको साधारणसभा पौष १८ गते हुने

बेलबारी । पौष १८ गते वेतना सिमसारको साधारणसभा हुन लागेको हो ।  ८ बर्ष पछि  बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा हुन लागेको हो ।

१ महिना देखि साधारण सभा नभए पछि संघर्ष समिति चयन गरि प्रसासनिक कोठामा ताला लागेको थियो । आज बसेको बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षता बसेको सर्बदलिय बैठकले पौष १८ गते साधारण सभा गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

साधारण सभाका कार्यक्रमहरु पौष १२ गते देखि शुरु गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, मोरङ क्षेत्र न.३ क र ख का प्रदेश सभा सदस्य मान बहादुर लिम्बु र  ज्ञानेन्द्र सुबेदी तथा विभिन्न राजनैतिक दलका प्रतिनिधि, बेतना सिमसारक प्रतिनिधि, संघर्स समिति सहित अन्य निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।