पथरी / अपाङ्गता परिचय पत्र समन्वय समितिको संयोजक एवं पथरी शनिश्चरे नगरपलिकाको उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा अपाङ्गता भएका व्यक्तिहरूलाई परामर्श तथा कार्ड नविकरण गरिएको छ ।
मंगलबार वडा नं. ५ कि सुमित्रा तामाङलाई नयाँ कार्ड (रातो क), वडा नं. २ कि रेश्मा थापाको नविकरण (रातो क), वडा नं. ६ को विरबहादुर सार्की संसोधन (निलो ख) अहिले संसोधन (क) कार्ड वितरण गरिएको थियो ।यस्तै पूर्ण अशक्त अपाङ्ग भएका वडा नं. २ का विशाल ढकाललाई परामर्श तथा चुल्हो वितरण, आइतरानी लिम्बुलाई चुल्हो र तिला पौडेललाई परामर्श दिइएको थियो ।
नगरका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, नगर अस्पतालका डा. भेषराज पौडेल, नगरको महिला विकास शाखाका कर्मचारीद्वय गिता कट्टेल र सृजना भट्टराईको उपस्थितिमा परिचय पत्र वितरण गरिएको थियो ।