वडा नं १ को अगुवाइमा बजार अनुगमन

पथरी / पथरीशनिश्चरे वडा नं १ को अगुवाइमा पथरी बजारको अनुगमन गरीएको छ । दशैदेखि तिहारसम्मको समयमा बजारमा म्याद गुज्रिएका तथा अखाद्य बस्तु किनबेच हुन सक्ने आशंकासहित वडाका जनप्रतिनिधि,कर्मचारी, सुरक्षा निकायका प्रतिनिधी, ट्राफिक प्रहरी र नगरप्रहरिसहितको टोलीले बजार अनुगमन गरेको थियो ।

टोलीले बजार क्षेत्रको सडकछेउमा व्यवसाय नगर्न समेत सचेत गराएको थियो । सडक आसपास ठेला ब्यवसाय तथा फलफुल ब्यवसायका कारण दुर्घटना समेत बढ्न सक्ने भन्दै उक्त प्रकारका ब्यवसाय तुरुन्त हटाउन निर्देशन दिइएको थियो । अनुगमनका क्रममा होटलहरुमा खाना पकाउने ठाउँ तथ तथा खाद्य सामानहरुमा अखाद्य बस्तुको प्रयोग नगर्न समेत टोलीले सचेत गराएको थियो । मानव स्वास्थ्यलाई नै प्रतिकुल असर पार्न सक्ने कारण बेचविखनमा प्रतिबन्ध लगाइएको मुङग्री माछा पथरी बजारमा बिक्रि गर्ने गरेको पाइएपछि उक्त माछा तुरुन्त नष्ट गरि ति माछाहरु बिक्रि नगर्न समेत टोलीले अनुरोध गरेको छ ।