डा सुनिल शर्मालाई पक्राउ गरेपछि गर्जीयो ने.विसंघ पथरी

पथरी / मोरङ क्षेत्र नं ३ बाट निर्वाचित शांषद डा.सुनिल शर्मालाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ पथरीले बिरोध कार्यक्रम गरेको छ । सुन काण्डमा साना भरिया मात्र पक्राउ गरेर ठुला अपराधि जोगाउन संसदमै आवाज उठाइरहेका डा. शर्मालाई सोहि आवाज उठाएकै कारण पक्राउ गरिएको आरोप लगाउँदै नेविसंघले बिरोध गरेको हो ।

नेपाल विद्यार्थी संघ पथरीका सभापति सागर बरालको नेतृत्वमा भएको बिरोध कार्यक्रम वडा नं १ को अन्नपूर्ण चोकबाट शुरु भइ बजार परिक्रमा गरि जाँतेमोडमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेवि संघ केन्द्रिय सदस्य गिरिस साम्बा (गोपाल) ले सांसद शर्मालाई पक्राउ गरेर भ्रष्टचारको बिरुद्धमा बोल्ने तमाम नागरिकलाई तर्साएको आरोप लगाए । डा.शर्मालाई बिनासर्त रिहाइ नगरे नेविसंघ शशक्त प्रतिकारमा उत्रने समेत उनले उद्घोष गरे । विरोध कार्यक्रममा नेपाली काङग्रेसका महाधिवेशन प्रतिनिधी बिक्रम लिम्बुलगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

मोरङ क्षेत्र नं ३ बाट गत प्रतिनिधीसभामा भारी मतान्तरसहित नेपाली काङग्रेसबाट निर्वाचित भएका शर्मा मोरङ क्षेत्र नं ३ का मतदातामा लोकप्रीय रहेका छन् । उनले पछिल्लो समय भ्रष्टाचारका बिरुद्ध निरन्तर संसदमा खरो रुपमा आवाज उठाएपछि जनतामाझ उनि थप लोकप्रीय बनेका छन् । उनको पक्राउसंगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना हुन थालेको छ । उनलाई नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ गरेको बताइएपनि यतिका समय छानबिन नहुनु र भ्रष्टाचारको बिरुद्धमा खरो रुपमा प्रस्तुत हुन थालेपछि पक्राउ गर्नुले गृहमन्त्रीको नियतमाथि नै शंका रहेको ने.विसंघले बताएको छ ।