इन्द्रपुर जेसिजको मल्टिच्यापटर तालिम सम्पन्न

सुन्दरहरैचा । इन्द्रपुर जेसिजको आयोजनामा मल्टिच्यापटर तालिम सम्पन्न भएको छ । शनिबार इन्द्रपुर जेसिजको सभाहलमा उक्त मल्टिच्यापटर तालिम सम्पन्न भएको हो ।

जेसिज क्षेत्र क अन्तर्गतका १४ वटा शाखाका प्रतिनिधिहरुलाई मल्टिच्यापटर तालिम उपलब्ध गराएको इन्द्रपुर जेसिजका महासचिव समिर बस्नेतले जानकारी दिए । इन्द्रपुर जेसिजको आयोजनामा भएको कार्यक्रममा सुशिल तिम्सिना ट्रेनरको रुपमा रहेका थिए ।

उक्त तालिम इन्द्रपुर जेसिजको अध्यक्ष विना सुवेदी आचार्यको अध्यक्षतामा र नेपाल जेसिजको क्षेत्र ‘क’ को राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।