सुन्दरहरैचाको हसिना सिमसारमा डुबेर किशोरको मृत्यु

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको एक सिमसारमा डुबेर एक जना किशोरको मृत्‍यु भएको छ । वडा नं ५ मा रहेको हसिना सिमसारमा डुबेर शुक्रबार दिउँसो एक किशोरको मृत्यु भएको हो ।

इटहरी इटहरी उपमहानगरपालिका–३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको दिउँसो सवा ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेका थिए। पौडी खेल्ने क्रममा आचार्यको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

डुबेको ठाउँबाट शव निकालेर प्रहरीले पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।