सुन्दरहरैचामा २५% मात्र धान रोपियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा हाल सम्म २५ प्रतिशत मात्र धान रापाइँ भएको हो । नगरको कृषि शाखाले हाल सम्म २५ प्रतिशत अर्थात ६२५ हेक्टर जमिनमा मात्र धान रापाइँ भएको जानकारी दिएको छ ।

नगरको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईका अनुसार नगरमा कुल २५ सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २५ प्रतिशतमात्र धान रोपाइँ भएको हो । मौसम परिवर्तन भई पानी ढिलो पर्नाले खेती लगाउने समय समेत परिवर्तन भएकोले केही ढिला भएको भट्टराईले बताए ।

नगरमा २५ सय हेक्टर जमिनबाट गत वर्ष ४ मन प्रती कठठा धान उत्पादन भएको थियो । नगरमा गरिमा, बहुगुनी, बासधान कान्छी मन्सुली कालो नुनिया, रञ्जित, आदी जातका धानबालीहरु लगाउदै आएको नगरको कृषि शाखाले जनाएको छ ।