तत्कालीन एमालेले जितेको ठाँउमा कांग्रेस उमेद्वार विजयी

बिराटचोक :   पाँचथरको हिलिहाङ गाउँपालिका ७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी भएका छन् । इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले पराजित गरेका हुन् ।

२ हजार ६ सय मतदाता रहेको वडामा शनिबार भएको उपचुनावमा हजार ६ सय ९३ मत खसेको थियो । यो वडामा तत्कालीन नेकपा एमालेकोतर्फ बाट निर्वा्चित वडाध्यक्ष तिर्थ तिमल्सिनाको निधनपछि उपचुनाव भएको हो ।