कानुन विपरित प्राकृतिको दोहन गर्दै रङ्गेलीका मेयर अग्रवाल

मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलिप ( वगडिया ) अग्रवालले राज्यको कानुन विपरित प्राकृतिको दोहन गरिरहेका छन । मेयर अग्रवालले पुल सडक भन्दा ५०० मिटर भित्रै खुलेयाम आफ्ना ट्रक, जेसभि प्रयोग गरि खोला उत्खनन गरेको नेपाली काँग्रेस जिल्ला सचिव मोदराज घिमिरे बताए ।
पालिकाले आधिकारिक रुपमा खोला बगर ठेक्का लगाएको छैन । मेयर अग्रवाललका वाहेक अरुले भने २ कि. मि. परको वालुवा निकाले पनि ईलाका प्रहरिमा लगि जरिवाना गराउने जस्ता कार्य गरेकाले जनता आजित छ्न ।
मेयर अग्रवालको यो कार्यले नजीकै रहेको सन्सारीमाईलाई असर पुग्ने स्थानीय बताउछन ।
रंगेलि नगरपालिका– ७ मा रहेको एैतिहासिक संसारिमाई मंन्दीर उत्तर आनन्द ईटा उघोग कम्पनीका ट्रकहरु खोला दोहनमा प्रयोग भएका छन । यस बिषयमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवलाई समेत जानकारि गराउदा कर तिरेर लगेको भनेर जवाफ दिएको नेपाली काँग्रेस जिल्ला सचिव मोदराज घिमिरेले बताए ।
मेयर अग्रवालले चुनावमा पेैसाको खोला वगाई जितेकाले खर्च भएको असुलउपरमा लागेको कुरा त्याहा भएको ठेक्का पट्टाका कामले देखाउछ । जनताले आफ्नो ठाउमा कार्य भएको योजना कति मुल्यको हो? त्यस्मा सिमेन्ट, वालुवा , गिटी, ईटा हरु के कति लाग्छन ? वुझ्न पाउदैनन् ।