बेलबारी उवासंको अधिवेशनका लागी दुई समूहको उम्मेदवारी

जेठ २० मा हुन लागेको बेलबारी उद्योग वाणिज्य संघको निर्वाचनमा दुई पक्षीय चुनावी सरगर्मी बढेको छ । बेलबारी उद्योग वाणिज्य संघको चौथो अधिवेशनको लागी दुई वटा समूहले उम्मेदवारी दर्ता गराएका छन् । उद्योग वाणिज्य संघको निर्वाचनमा संस्थापन समुह उद्योगी तथा व्यापारीबिच गठबन्धन भएको छ भने लोकतान्त्रिक वाम गठबन्धन सम्बद्ध व्यापारीले पनि गठबन्धन गरेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धन बाट भेषकुमार श्रेष्ठ(अशोक)को नेतृत्वमा र संस्थापन समुहको तर्फबाट माधवराज थापा नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । २१ सदस्य नयाँ कार्यसमिति चयन हुने छ । सबै पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

दुई वटै प्यानलले बिहीबार दिउसो उद्योग वाणिज्य संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक रमेश निरौलाले बताए । श्रेष्ठ समूहमा वरिष्ठ उपाध्यक्षमा संदिप राई, उद्योग उपाध्यक्ष राजन गोर्खाली दर्नाल, वाणिज्य उपाध्यक्ष केशव थापा मगर, महासचिव विवेक मिश्र, उद्योग सचिव सुरेश कुमार श्रेष्ठ, वाणिज्य सचिव टिकाराज श्रेष्ठ (रुपेश), कोषाध्यक्ष अर्जुन कुमार कार्की, सह कोषाध्यक्ष वसन्त नेपाल, सदस्यहरूमा सुजित कुमार शाह, नीरज चौधरी, शिव कुमार राई, अस्मिता सुवेदी, खगेन्द्र खनाल, उर्मिला देवी तामाङ, रामकाजी राई, दिनेश मण्डल, कमला कुमारी श्रेष्ठ, राजु श्रेष्ठ, काचिलाल धिमाल, दिवस राई रहेका छन् ।

त्यसैगरी थापा समूहमा वरिष्ठ उपाध्यक्षमा धर्मराज गुरुङ, उद्योग उपाध्यक्षमा मोहन पोखरेल, वाणिज्य उपाध्यक्षमा सुवास कुमार श्रेष्ठ, महासचिवमा राजु बस्नेत, उद्योग सचिवमा सन्तोष प्रसाईँ, वाणिज्य सचिवमा नगेन्द्र राई, कोषाध्यक्षमा सुरेन्द्र तामाङ, सह कोषाध्यक्षमा मन्दिरा खत्री, सदस्यहरूमा बिराज न्यौपाने, मान बहादुर सार्की, नारायण लिङथेप, प्रशान्त निरौला, तुलसा राई, कमल श्रेष्ठ, विशाल कटुवाल, दीपक शर्मा, दीपक कुमार श्रेष्ठ, हर्क माझी, टंक चौलागाई , राजेन्द्र प्रसाद शाह तेली रहेका छन् ।