दुर्गा प्रसाइ आइतबार पथरी आउँदै

पथरी / हाल नागरिक बचाउ अभियान चलाउँदै हिडेँका मेडिकल व्यवसायी दुर्गा प्रसाई भोली पथरी बजार आउने भएका छन् । भोली (आइतवार) पथरीको लोकतान्त्रिक चोकमा हुने नागरीक बचाउ अभियानलाई सम्बोधन गर्न उनी पथरी बजार आउने भएका हुन् ।

नेकपा एमालेका केन्द्रिय समदस्य रहेका प्रसाईले केही महिनाअघि एमाले परित्याग गरी उक्त अभियान चलाउँदै हिँडेका छन् । प्रसाई राष्ट्र, राष्ट्रियता, धर्म संस्कृतिको रक्षा गरौँ नागरीक बचाउ अभियान सफल पारौँ भन्ने मुल नाराका हुन लागेको उक्त कार्यक्रमका संयोजक हुन् । कार्यक्रमको आयोजक नागरीक बचाउ अभियान पथरीशनिश्चरे नगर समिति रहेको छ ।