लक्ष्मी मावि बेलबारीको अध्यक्षमा गोबिन्द भण्डारी चयन

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन । बेलबारीमा विधालय व्यवस्थापन समितिको नेतृत्व चयन राजनीतिक सहमतीमा ,आत्र गर्ने राजनीतिक सहमती अनुसार लक्ष्मी मावीमा भण्डारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

बिहिबार बिहान भएको भेलाले भण्डारीलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । भण्डारी सोही बिद्यालयका पूर्वप्रधानध्यापक समेत हुन । त्यस्तै उक्त विधालयको व्यवस्थापन समितिको सदस्यमा प्रेम बान्तवा, नरमाया बि.क., डम्बरी गुरुङ्ग सर्वसम्मत चयन् भएका छन भने नगरप्रमुखको तर्फबाट सदस्यमा राज बहादुर राई र शिक्षा शाखाको तर्फबाट चुडा देवी ढकाल सदस्यमा सर्वसम्मत चयन भएका छन ।