रेडियो वेतनाः बेलबारी जेसिज सम्मानित

बेलबारी । रेडियो वेतनाको ८ औ वार्षिक साधारणसभाबाट बेलबारी जेसिज सम्मानित भएको छ ।

छोटो समयमा युवाहरुको क्षमता विकास गर्दै सामाजिक कार्यमा सक्रिय रहि बेलबारी नगरपालिकाको एक मात्र उत्कृष्ट सामाजिक सस्था बन्न सफल भएको भन्दै मंगलबार बेलबारी जेसिज सम्मानित भएको हो ।

२०७२ सालमा सामाजिक कार्य गर्ने उद्धेश्यले बेलबारीमा जेसिजको स्थापना भएको थियो । बेलबारीको पहिचान र आर्थिक विकासमा बेलबारी जेसिजले महत्वपुर्ण योगदान पुर्याउदै आएको छ ।