रेडियो वेतनाको अध्यक्षमा भोजराज बस्नेत निर्वाचित

बेलबारी । मोरङको बेलबारी १ मा रहेको सामुदायिक रेडियो वेतना एफेमको अध्यक्षमा भोजराज बस्नेत सर्वसम्मत चयन भएका छन । एफेमको ८ औ वार्षिक साधारण सभा वैशाख १९ गते मंगलबार बेलबारीमा हुँदैछ ।

बस्नेत एफेमाको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन । त्यस्तै एफेमको उपाध्यक्षमा लीलाप्रसाद आचार्य, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा कर्णबहादुर राई सर्वसम्मत रुपमा चयन भएका हुन ।

त्यस्तै सदस्यमा ज्ञानुराज राई, बिकास बुढाथोकी, टंक चम्लागाई, टिकालाल धिमाल र सनम पोखरेल सर्वसम्मत रुपमा चयन भएका हुन । त्यस्तै लेखा समितिको संयोजकमा कमल कोइराला, सदस्यमा जस्मान याख्या र जीवन अधिकारी सर्वसम्मत रुपमा चयन भएको निर्वाचन अधिकृत मोहनकुमार खतिवडाले बताए ।

उम्मेद्वारी दर्ता गर्न्ने समयमा एफेमाको अध्यक्ष पदमा दुई व्यक्ती भोजराज बस्नेत र विपिन आचार्यको उम्मेद्वारी रहे पनि उम्मेद्वारी फिर्ताको समयमा आचार्यले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । त्यस्तै कोषाध्यक्ष पदमा कर्णबहादुर राई र भुवन कार्की को उम्मेद्वारी रहे पनि उम्मेद्वारी फिर्ता लिने समयम्मा कार्कीले आनो उम्मेद्वारी फिर्ता लिएका थिए ।