बेलबारीमा एमालेको मिसन ग्रासरुट अभियानको समापन

बेलबारी । नेकपा (एमाले)ले पार्टीको सुदृढीकरण र शुद्दीकरणका लागि चालेको दुई महिने मिसन ग्रासरुट अभियान २०७९ को बेलबारी नगर कमिटीले आज समापन गरेको छ । अभियानको अवधि सम्म एमालेले वडा कमिटीहरूको वैठक, प्रशिक्षण तथा वडा अधिवेशनहरू सम्पन्न गरेको छ ।

चैत १८ गते ११ वटै वडाहरूमा एकै दिन सम्पन्न पार्टीका वडा अधिवेशनहरूबाट वडा नं १ मा योगेन्द्र राई, वडा नं. २ मा राजु परियार, वडा नं. ३ मा उज्ज्वल शर्मा, वडा नं. ४ मा सुजित बस्नेत, वडा नं. ५ मा डिल्ली ब. कटुवाल, वडा नं. ६ मा पुष्कर जमरकटेल, वडा नं. ७ मा चतुरलाल चौधरी (रमेश), वडा नं. ८, विमल लिम्बू, वडा नं. ९ मा धिरोज श्रेष्ठ, वडा नं. १० मा ताराहाङ राई र वडा नं. ११ मा सुजय गौतम वडा कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

त्यसै गरी एमालेले बेलबारी नगर कमिटिको जनवर्गीय सङ्‌गठनहरूको सम्मेलन/अधिवेशन सम्पन्न गरेको छ । रमेश निरौला मानवअधिकार तथा सामाजिक न्याय मञ्च बेलबारीको अध्यक्षमा, विन्दुकला गुरुङ अनेमसङ्‌घ बेलबारीको अध्यक्ष, अमरबहादुर खत्री अनेकिमहासङ्‌घ बेलबारीको अध्यक्ष, चन्द्रकला मगर लोकतान्त्रिक आदिवासी जनजाति महासङ्‌घ बेलबारीको अध्यक्ष, शान्तकुमार सुनार उत्पीडित जातीय मुक्ति समाज बेलबारीको अध्यक्ष, डम्बर श्रेष्ठ नेपाल खेलकुद महासङ्‌घ बेलबारीको अध्यक्ष, तेजनारायण गौतम नेपाल उद्योग तथा व्यवसायी महासङ्‌घ बेलबारीको अध्यक्ष, नैनबहादुर मगर क्युपेकबेलबारीको अध्यक्ष, दिनेश कोइराला राष्ट्रिय अपाङ्‌गता सङ्‌गठन बेलबारीको अध्यक्ष, उपेन्द्रकुमार राई राष्ट्रिय जनसांस्कृतिक महासङ्‌घ बेलबारीको अध्यक्ष, तीर्था आचार्य भूमि अधिकार तथा श्रमिक सङ्‌गठन बेलबारीको अध्यक्ष, काशी तामाङ राष्ट्रिय युवा सङ्‌घ बेलबारीको अध्यक्ष, रमेशकुमार तामाङ नेपाल ट्रेड युनियन (जिफन्ट) बेलबारीको अध्यक्ष, ख्याम गौतम रिटर्नी फेडेरेसन बेलबारीको अध्यक्ष, लीला बजगाईँ नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्‌गठन बेलबारीको अध्यक्ष, तथा सन्तोष पोख्रेलको अनेरास्ववियु बेलबारीको अध्यक्षमा नयाँ समिति निर्माण भएको छ ।

अभियानकै क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सहिद गङ्‌गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ, आम्दा अस्पताल, दमक र मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लाबारीका विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य प्राविधिकहरू ६० जनाभन्दा माथिको जनशक्तिको टोलीले महिला २६७, पुरुष २६२ र दीर्घरोगीहरू १८१ गरि ७१० जनाभन्दा बढीलाई चैत २५ गते आधारभूत स्वास्थ्य चौकी, बेलबारी-९, डाँगीहाटमा अौषधी, रक्त परीक्षण र भिडियो एक्स-रे आदिसहितको निशुल्क जनस्वास्थ्य शिविर सम्पन्न भएको थियो । आज समापनको अवसरमा अग्रजहरूका रूपमा नेत्रप्रसाद बराल, डिल्लीराम खतिवडा, बर्तबहादुर राई, गङ्‌गाप्रसाद गौतम, बद्रीनारायण माझी, सुकदेव कोइरी, खेमनाथ आचार्य, उदीनारायण राजवंशी, चौठीराम थारू, अग्निप्रसाद चम्लागाईँ र हरिप्रसाद लुइँटेल लाई सम्मान गरिएको थियो ।

त्यसै गरि युवा व्यवसायी इन्द्रबहादुर लिम्बू, शारीरिक सुगठन खेलाडी मनोज सुवेदी, गायक विवेश मोते, आईटीएफ तेक्वान्दो प्रशिक्षक राजेन्द्र धिमाल र बौद्धिक सम्पदा गणेशप्रसाद दहाल लाई सम्मान गरिएको एमाले बेलबारीका अध्यक्ष ईरान राईले बताएका छन । समापन कार्यक्रममा गायक सञ्जीव धिमालले गीत गाएका थिए भने मिसनका केन्द्रीय प्रतिनिधि तथा प्रमुख अतिथि एमालेका पोलिटव्युरो सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता देवेन्द्र दाहालले अभियानको प्रितवेदन प्रस्तुत गर्दै बेलबारी पार्टीभित्र पलाएका सानातिना असन्तुष्टहरूलाई सफा गरिएको र यो देशलाई एमालेले मात्र सही गति र मतीमा हाँक्न सक्ने बताए ।

कार्यक्रममा कोशी प्रदेश कमिटीका सदस्य सञ्जय रोकाहा र जिल्ला सदस्य सन्तोष वान्तावाले मन्तव्य राखेका थिए । ईरान राईको अध्यक्षतामा भएको मिसन ग्रास रुट कार्यक्रममा सचिव शङ्‌कर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने उपसचिव अजित अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संविधान सभा सदस्य तथा एमाले कोशी प्रदेश कमिटीका सदस्य मधु गुरुङ, कोशी प्रदेश सभाका सदस्य जयप्रकाश चौधरी, एमाले कोशी कमिटीका कमल गौतम, जिल्ला उपाध्यक्ष बाबुराम कार्की लगायत जिल्ला कमिटीका सदस्यहरूको उपस्तिथि रहेको थियो ।