क्याम्पस प्रथम छत्र कार्कीद्वारा बेलबारी बहुमुखी क्याम्पसलाई पुस्तक हस्तान्तरण

दिनेश गिरी । बेलबारी ।  बेलबारी बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी छत्र बहादुर कार्कीले कलेज टप गरेर प्राप्त गरेको छात्रावृत्तिको रकमबाट २६ थान पुस्तक खरिद गरी सोही क्याम्पसलाई हस्तान्तरण गरेका छन्।छात्रावृत्तिबाट प्राप्त रकमबाट पुस्तक खरिद गरी कलेजलाई नै दिएर कार्कीले नया नजीर स्थापना गरेका छन्।
विद्यालय देखि नै प्रथम/द्वितीय स्थान अोगट्दै आएका कार्की स्नातकको मात्र नभइ प्लस टु का पनि टपर विद्यार्थी हुन्।कार्कीले कक्षा १ देखि १२ सम्मको अध्ययन कसेनी माविबाट पूरा गरेका हुन् भने  स्नातक बेलबारी बहुमुखी क्याम्पसबाट हो।कार्की हाल सुकुना बहुमुखी क्याम्पसमा एम.बि.एस. तथा महेन्द्र मल्टिपल क्याम्पस धरानमा  कानुनमा स्नातक गर्दैछन्।पछिल्लो समय युवाहरुले वेप्रवाह फजुल खर्च गर्ने प्रवृत्ति बढिरहँदा कार्की भने यसरी प्रस्तुत हुनाले आमयुवाहरुलाई प्रेरणाको स्रोत भएको छ।
बेलबारी बहुमुखी क्याम्पस स्ववियु सभापति पुस्कल सुवेदी(सियोम)को सभापतित्वमा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख भुपेन्द्रप्रसाद कोइराला रहनु भएको थियो। कार्यक्रममा क्याम्पस सहायक प्रमुख द्रौपदा कार्कीले स्वागत मनतव्य राख्नु भएको थियो भने स्ववियु सचिव विप्लव पोख्रेलले कार्यक्रमको सञ्चालन गरेका थिए।

 




Leave a Reply

Your email address will not be published.