पत्रकार निरौलालाई सिर्जनशिल र सरदारलाइ उदीयमान पत्रकारिता पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाइ प्रदान गर्ने निर्णय भएको जनाइएको छ । सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैया रहेको कोषका अध्यक्ष प्रल्हाद प्रसाद शाहले जानकारी दिए ।

यसैगरि हरेक बर्ष प्रदान गरिदै आएको उदीयमान पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदार लाइ दिने निर्णय भएको छ । सो पुरस्कारको राशी ३१ हजार १ सय ५१ रुपैया रहेको छ ।

पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रहलाद शाहको अध्यक्षतामा बसेको बैठकले सिर्जनशिल पत्रकारिता र उदीयमान पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको छनौट गरेको हो । दुवै पुरस्कार चैत्र २७ गते सोमवार विराटनगरमा एक कार्यक्रम आयोेजना गरि प्रदान गरिने कोषले जनाएको छ ।