साहारा नेपालको २८ औं वार्षिकोत्सवका अवसरमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पथरी / साहारा नेपाल सहकारी संस्थाको शाखा कार्यालय पथरीले बुधबार आफ्नो २८ औं वार्षिकोत्सवका अवसरमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले ट्राफिक कार्यालय पथरी र ईलाका प्रहरी कार्यलय पथरीसंगको सहकार्यमा ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ सचेतना ¥याली निकालेको थियो । मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउँ, जेब्रा क्रसबाट मात्र बाटो काटौ, दायाँ बायाँ बाटो काट्दा समयमै साईड लाईट बालौ, दुर्घटनाको पीडा चालक आफैलाई हुन्छ प्रहरीलाई हुदैन, मेरो साहारा मेरो गौरव सबैका लागि सधैका लागि जस्ता प्ले कार्डका साथ ¥याली निकालीएको थियो । ¥यालीले पथरी बजार परिक्रमा गरि कार्यालयमा कोण सभा सम्पन्न गरेको थियो ।

ट्राफिक सचेतना कार्यक्रमको अवसरमा संस्थाले पथरी शनिश्चरे वडा नं १ लाई डस्विन रिङ र ट्राफिक कार्यालय पथरी शनिश्चरेलाई नो पार्किङ र हर्न निषेधको बोर्ड हस्तान्तरण गरेको थियो । संस्थाले सो अवसरमा ऋणी सदस्यलाई मुत्यू पर्यान्त वितरण गर्दै आएको ऋण मिनाहा चेक वितरण गरको थियो । कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका वडा नं १ का वडाअध्यक्ष भिम कुमार राईले चेक तथा बोर्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अतिथी ट्राफिक कार्यालय पथरीका प्रमुख योगेन्द्र सिहं खड्काले बर्षेनी २५ हजार भन्दा बढि सडक दुर्घटना भईरहेको र यसबाट बच्न सबैले अनिवार्य ट्राफिक नियमको पालना गर्न जरुरी रहेको बताएका थिए ।