उर्लाबारीमा ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता

बेलबारी । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा उर्लाबारीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय उर्लाबारीमा भएको उक्त कार्यक्रममा सदस्यहरूलाई एक दिने वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम गरिएको थियो ।

उक्त लघुवित्तका कोशी प्रदेश र मधेस प्रदेशका शाखा प्रमुख कृष्ण ढुंगानाले बित्तीय साक्षरता कार्यक्रम प्रस्तुत गरेका थिए । भने उक्त कार्यक्रममा रङेली स्टेशन प्रमुख सुदिप ढकाल र शाखाका सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।