उर्लाबारी बहुमुखी क्याम्पसमा ५ दलिय विद्यार्थी गठबन्धनलाई हराउँदै नेविसंघको प्यानल नै विजयी

उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर– ४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी बनेको छ । नेविसंघले अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संघको सयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै प्यानलै विजयी बनेको हो । हिजो सम्पन्न स्ववियु निर्वाचनमा कुल १ हजार ३ सय ५९ मतमध्ये ९ सय ९० मत खसेको थियो । जसमा नेविसंघबाट उम्मेदवार बनेका विवेक कार्कीले ६ सय ५१ मतप्राप्त गरे भने अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनकी साझा उम्मेदवार प्रिती दाहालले ३ सय २५ मत प्राप्त गरेकी थिइन् ।

उर्लाबारी क्याम्पसमा स्थापना कालदेखि नै एकछत्र नेतृत्व गर्दै आएको नेकपा (एमाले) निकट विद्यार्थी संघले यसपटक पनि नेतृत्वहत्याउने दाउमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर सभापतिमा प्रिती दाहाललाई उम्मेदवार बनाएको थियो । तर, यसपटक भने नेविसंघले उर्लाबारी क्याम्पसमा ईतिहास रच्दै आफ्नो प्यानल नै विजयी गराएको छ ।

यस्तै पदाधिकारी सचिवतर्फ नेविसंघका उम्मेदवार देवेन्द्र पौडेलले ५ सय ९५ प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका थानेश्वर अधिकारीले ३ सय ७० मत प्राप्त गरेका छन्। यस्तै कोषाक्ष्यमा नेविसंघका भुवन श्रेष्ठले ५ सय ७५ मत प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका भीमबहादुर मंग्रान्तीले ३ सय ७५ मत प्राप्त गरेका छन् ।

यस्तै प्रतक्ष्यतर्फको सदस्यमा नेविसंघका उम्मेदवार सुजन शंकरले ५ सय ६२, दिपेश चौधरीले ५ सय ४७, अञ्जना न्यौपानेले ५ सय ५५, सन्दीप बुढाथोकीले ५ सय ९५, शुशिला कार्कीले ५ सय ४, कहना वि।क। ले ५ सय ४९, विनिता गौतमले ५ सय ६६ र विराट थापाले ५ सय २६ मत प्राप्त गरे।

यस्तै सदस्य प्रत्यक्ष्यतर्फ संयुक्त विद्यार्थी संगठनका चिराग श्रेष्ठले ३ सय ९१, दिवश ढुङगानले ४ सय १७, हिक्मत थापाले ३ सय ७३, शर्मिला चौलागाईले ३ सय ७९, दीपेन्द्रबहादुर विश्वकर्माले ४ सय २१ विनोद नेपालले ३ सय ७२, अजय खतिवडाले ३ सय ७९ रविश्वास राईले ३ सय ६३ मत प्राप्त गरेका छन्।

यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५ सय ५३ मत प्राप्त गर्दा अनेरास्ववियुले २ सय ९६, माओवादी निकट अखिलक्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ , राप्रविसंघले ३५ र बदर मत २३ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

स्थापना कालदेखि नै उर्लाबारी बहुमुखी क्याम्पससमा हावी हुँदै आएको अनेरास्ववियुलाई वि।स २०६२ सालमा नेविसंघले एकउपसभापती सचिव र ३ सदस्य जितेको थियो भने त्यसयता भएका निर्वाचनमा अनेरास्ववियुले एक छत्र नेतृत्व गर्दै आएको थियो।

हिजो सम्पन्न निर्वाचनको अन्तिम मतपरणामले अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको सयुक्त प्यानललाई क्लिन स्विप गर्दैनेविसंघ विजयी बनेको छ । उर्लाबारी नेपाली काङग्रेसका कोशी प्रदेश सह–महामन्त्री खड्ग फागोको गृहनगर हो ।