पथरी बहुमुखीमा ने.वि संघका केशर नेतृत्वको प्यानलै बिजयी

प्रेमप्रसाद भट्टराइ(के.डी)

पथरी / मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखि क्याम्पसमा ने.विसंघ नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै विजयी भएको छ । लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघको नेत्रृत्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियू (माधव नेपाल पक्ष) गठबन्धन रहेको थियो ।

५ सय ४९ खसेको मतमा नेवि संघका केशर थुलुङ राईले ३ सय ७० मत ल्याएर विजयी भएका हुन् । राईले अनेरास्ववियुका उज्वल लकान्द्रिलाई १ सय ९४ मतले पछि पार्दै विजयी भएका छन । लकान्द्रिले १ सय ७६ मत पाएका थिए । त्यस्तै सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाटै नेवि संघका भुपाल खतिवडाले ३ सय ६० मत पाउँदा अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत पाएका थिए भने कोषाध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनबाट अखिल क्रान्तिकारीका खगिन मगरले ३ सय ५२ मत पाउदा अनेरास्ववियुकी सोनिया ग्यावा तामाङले १ सय ७९ मत पाएकी थिइन् ।

सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सफिन आचार्यले ३ सय ७४ मत, गंगाराम शाह (९शम्भु) ले ३ सय ६९, सोमनाथ फुंयाल (दिपेश) ले ३ सय ६६, अखिल क्रान्तिकारीकी
प्रितिका भट्टराईले ३ सय ५० र अनेरास्ववियू (माधव नेपाल पक्ष)का प्रकाश शिवाले ३ सय ६१ मत ल्याई विजयी भएका छन । सदस्यमा अनेरास्ववियुका तर्फबाट प्रबिण पोखरेलले १ सय ५१ मत अरुण राईले १ सय ६३ मत एलिश खड्काले १ सय ६१ मत एरिक बस्नेतले १ सय ७५ मत र जित ब. खड्का (जे।वि) ले १ सय ५६ मत पाएा थिए ।