पञ्चायन दुग्ध उत्पादक सहकारी सस्थाको साधारणसभा सप्पन्न

बिराटचोक : मोरङको सुन्दरहरंैचा वडा नम्बर ७ मा रहेको श्री पञ्चायन दुग्ध उत्पादक सहकारी सस्थाको १० आँै वार्सिक साधारणसभा सप्पन्न गरेको छ ।

शनिबार शिव पञ्चायन मन्दिरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख शिवप्रसाद ढकालले यो नगर नै कृषि र दुग्ध जन्य पदार्थमा निर्भर नगर भएकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सिर्जना गरी सहयोग गर्न आफू हर कदम तयार रहेको बताएका थिए । ढकालले कृषिमा किसानलाई विभिन्न अनुदान र सहयोग नगरपालिका बाट गरिरहेको समेत बताएका थिए ।
संस्थाका अध्यक्ष देवीप्रसाद सिटैलाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथीहरु कामधेनु दुग्ध बिकास संस्थाका अध्यक्ष बाबुराम खत्री र सुन्दरहरैचा वाड नम्बर ७ का वडाअध्यक्ष चैतन्य सिटौला रहेका थिए । कार्यक्रममा साना किसान सुन्दरपुरका अध्यक्ष रबिन्द्र आचार्य , घर आगन बचत तथा ऋण सहकारी का प्रतिनिधि शंकर उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले आफ्ना सेयर सदस्य बाट जेष्ठ नागरिकमा बेद बिनोद पोख्रेल र ईन्द्र माया कार्कीलाई दोसल्ला ओडाइ सम्मान गरेको थियो यसैगरी एस. इ.इ.मा उत्कृष्ट अङ्क हासिल गर्ने केसब आचर्य र सौरभ भट्टराई लाई सम्मान गरेको थियो ।
सबभन्दा बढी दुध बिक्रि गर्ने टिकाराम लुइँटेल, गुरस्तरिय दूध बिक्रि गर्ने शशिकान्त भट्टराई , नियमित दुध बिक्री गर्ने खेमराज पराजुलीलाई नगद सहित पुरस्कृत गरेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब ड्न्ड बहादुर खड्काले गरेका थिए ।