नेवी संघ सुकुनाको सभापतिमा भोजराज रिजाल सर्वसम्मत

सुन्दरहरैचा । नेपाल विधार्थी संघ सुकुना इकाई समितिको सभापतिमा भोजराज रिजाल सर्वसम्मत चयन भएका छन । १४ औ इकाई अधिबेसनबाट रिजाल सुकुनाको सभापतिमा सर्वसम्मत चयन भएका हुन ।

इकाई समितिको अधिवेशन गर्न केही दिन अघी मात्र नेपाल विधार्थी संघ मोरङ जिल्ला कार्यसमितिले निराजन धमलालाई इकाई समितिको सभापति जिम्मेवारी दिएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आज भएको अधिवेशनले रिजाललाई क्याम्पस इकाई समितिको सभापतिमा चयन गरेको हो । अधिवेशनमा नेपाली काङ्ग्रेस सुन्दरहरैचा नगर सभापति भक्तीप्रशाद सिटौला, मोरङ क्षेत्र नं ०६ नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति देवराज तमाङ लगायतको उपस्थिती रहेको थियो ।