विराटचौकको फ्लिम हल शुक्रबार(भोली) देखी सञ्चालनमा आउँदै

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा पुन: फ्लिम हल सञ्चालनमा आउने भएको छ । लामो समय देखी बन्द भएको विराटचौकको सुकुना हल पुन: विराट सिने नामबाट सञ्चालनमा आउन लागेको हो ।

फ्लिम हलका एक सञ्चालक चिरञ्जिवी बस्नेतका अनुसार भोली शुक्रबार देखी विराट सिने नाम दिएर सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए । हलमा पहिलो नेपाली फ्लिम भोली शुक्रबारबाट छक्का पञ्जा-४ पर्दशन हुने बस्नेतले जानकारी दिए ।

भोली शुक्रबार दिउसो १२ बजे देखी फ्लिम हलमा पहिलो शो हुने र पर्सीबाट भने बिहानको शो समेत हुने छ । तीन जनाको लगानीमा सुविधा सम्पन्न हल सुन्दरहरैँचाको विराटचौकमा सञ्चालन हुन लागेको हो । हलमा १३० जना सम्म बसेर हेर्न सक्ने सिट क्षमता रहेको छ ।