बेलबारीमा आज शोक विदा

बेलबारी । बेलबारीमा आज शुक्रबार शोक विदा दिइएको छ । बेलबारी नगरपालिकाले शुक्रबार नगरभरी शोक विदा दिएको हो ।

सुचनाको अनुसार बेलबारी नगरपालिकाका कर्मचारी, कृषि प्राविधिक विशाल सिटौलाको निधन भएकाले शोक विदा दिइएको हो ।

सिटौलाको कार्यालयको काम पश्चात साझा घर फर्किदा दमकमा सवारी दुर्घटनामा हिजो बिहीवार मृत्‍यु भएको थियो । नगरले स्वास्थ्य क्षेत्र बाहेक आफु मातहतका सबै कार्यलयबाट दिने सेवा सुविधाहरु एक दिनको लागि बन्द गर्ने निर्णय गरेको हो ।