नेवी संघ सुकुनाको सभापतिमा निराजन धमला

सुन्दरहरैचा । नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिको सभापतिमा निराजन धमला चयन भएका छन । धमलालाई सभापतिमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति मोरङले बिहीवार मनोनित गरेको हो ।

धमला यस अघी नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिको सचिवमा थिए । सुकुना इकाई समितिको सभापति रहेका विजय तोलाङ्गी बेलबारी नगरपालिकाको जनप्रतिनिधिमा निर्वाचित भएपछी नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिको सभापति पद भने खाली रहेको थियो ।