एड्भान्स सिलाइकटाई तालिमको उद्घाटन

पथरी / मोरङ पथरीशनिश्चरे ५ र ६ एक महिने एड्भान्स सिलाइकटाई तालिमको उद्घाटन भएको छ । धिमाल माहाराज थान हसहन्दमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट उद्घाटन भएको हो ।
                                                                            कार्यक्रममा बोल्दै उपप्रमुख काफ्ले, नागरिकलाई उद्यमशीलताको माध्यमबाट स्वरोजगार बनाउन तालिम सञ्चालन गरेको बताउनुभयो । सिप सिकेर आत्मानिर्भर बन्न नागरिकहरूलाई उद्यमशिलताको माध्यमबाट आर्थिक सवलिकरण गरि स्वरोजगारको माध्यमबाट आर्थिक उपार्जनको कार्यमा जोड्ने उदेश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिम लिएर मात्र तालिमको औचित्य पूरा नहुने हुदा तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागू गरि स्वरोजगार हुन नागरिकलाई आग्रह गर्नु भयो ।
                                               गरिबी निवारणका लागी लघु उद्यम विकास अन्र्तगता पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य विष्णुकुमार लिम्बु, वडाध्यक्ष कृष्णकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो । तालिममा २९ जना महिलाहरुको सहभागिता रहेको छ ।