हुम्लामा ८० प्रतिशत मत खस्दा धरानमा ५९ प्रतिशत मात्र

बिराटचोक : हुम्लाको खार्पुनाथ गाउँपालिकामा आज भएको उपचुनावमा ८० प्रतिशत मत खसेको छ । ३ हजार ३ सय ८७ जना मतदाता रहेको गाउँपालिकामा उपाध्यक्ष पदको लागि २ हजार ८ सय ६६ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए ।
यता धरान उपमहानगरपालिकामा उपचुनावको मतदान प्रकृया सम्पन्न भएको छ । शनिबार भएको मतदान प्रकृयामा जम्मा ५५ हजार १ सय ६३ मत खसेको छ । धारानमा जम्मा मतदाता ९२ हजार ८ सय ५३ रहेका थिए । प्रतिशतमा जम्मा ५९ मात्र मतदान भएको छ । मतदान सक्किए संगै निर्वाचन आयोग मतगणना गर्ने प्रकृया अघि बढाएको छ ।