उपनिर्वाचन : मतदान सकियाे मतदाता कम

 

बिराटचोक : उपनिर्वाचनको लागि शनिबार आज देशभर मतदान सकिएको छ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त पदका लागि उत्साहजनक मतदान भएको हो । देशभर ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । नेपालमा संघीयता अभ्यासमा आएपछि २०७४ सालमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन भयो र निर्वाचनयता विभिन्न कारण ३७ जिल्लामा ५२ रिक्त पद रिक्त छन ्। प्रतिनिधिसभातर्फ भने कास्की (२मा मात्रै खाली छ।
मतदानकै क्रममा कास्की(२का तीन स्थानमा बिहानै बम विस्फोट भएको थियो । विस्फोटपछि केही समय मतदान प्रभावित भएपनि अहिले मतदान सकिएको छ ।
यस्तै धरान उप महानगरको प्रमुख र सात नम्बर वडाको अध्यक्ष छान्नका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगको कार्यालय धरानको अनुसार मतदान कार्य ५ बजे सम्पन्न भएको जानकारी दिएको छ
धरानको २८ मतदान केन्द्र र ९९ मतदानस्थलहरूमा शनिबार बिहानै देखि शान्त वातावरणमा मतदान भएको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतिले बताए । मतगणनाको विषयमा भने सम्पुर्ण प्रकृया पुरा गरी बेलुका १० बजेबाट सुरुवात हने बताइएको छ ।