अनेरास्ववियु केन्द्रिय सचिवमा गैरेको उम्मेद्धारी

विद्यार्थीहरुको हक अधिरकारका लागि अहोरात्र खट्दै आउनुुभएका विद्यार्थी नेता टुकलाल गैरेले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को केन्द्रिय सचिवमा पदमा सशक्त उम्मेद्वारी दिनुभएको छ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा कुशल विद्यार्थी नेता तथा प्रखर वक्ता गैरेले सचिवमा पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

निशुल्क शिक्षा, स्वास्थ्य र समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरिय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने मुल मर्म लिएर सचिवमा पदमा उम्मेद्वारी दिनुभएका गैरे हाल अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्जको जिम्मेवारी सम्हालि रहनुभएको छ । विशेष गरि संगठनलाई सांगठनिक रुपमा मजबुत बनाउन, संगठनका हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा विद्यार्थीहरुको पहुँच पु–याई विद्यार्थी नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।

वि।स। २०६२ सालबाट अनेरास्ववियु क्याम्पस कमिटी कोषाध्यक्ष देखि विद्यार्थी राजनीति सुरु गरी लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका गैरे विद्यार्थीहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । उहाँले सचिव पदमा अत्यधिक मतले विजयी गराउनुहुन सम्पुर्ण विद्यार्थी वर्गमा अनुरोध गर्नुभएको छ ।