काठमाडौं / सुनको मूल्य आइतबार तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो ।
तेजावी सुनको मूल्य आइतबार तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मुल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।