नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं / नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ । बैठक आजसम्म पनि चल्नेछ ।