हसन्दहमा निःशुल्क पशु स्वास्थ्य शिविर

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ ।मंगलबार पथरीशनिश्चरे नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आयोजनामा शिविर भएको हो ।

वडा ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत र बडा न ५ का अध्यक्ष चेतेन्द्र खड्का लगायत वडा सदस्यहरुको उपस्थितिमा शिविर सञ्चालन भएको थियो । शिविरमा पशुपन्छी शाखाबाट पर्वत साह, सबल पोख्रेल, गणेशप्रसाद शिवाकोटी लगायत पाराभेटेरीनरीको समेत सहभागिता रहेको थियो । शिविरमा कूल ३ सय ८६ घर धुरीको सहभागिता रहेको थियो ।