समुदायसंग बालबालिका | देउसी भैलोको रकम द्धारा उद्घोषण तालिम :सुन्दरहरैंचा

बिराटचोक : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको एकता बाल क्लवले बालबालिकाको चाहाना अनुसार क्षमता अविबृद्धि संगै सिर्जनात्मक क्रियाकलाप गर्दै आएको छ । साथी समूहमा घुलमिल हुने, कम क्षमता भएका साथीलाई हौसला प्रदान गर्ने, हिंसा, शोषण बाट सुरक्षित हुने लगायतका क्षेत्रमा काम गर्दै आएको क्लवका अध्यक्ष सुगम पाठकले बताए ।

एकता बाल क्लवले यस वर्षको तिहारमा देउसी भैलो खोलेर ५२ हजार संकलन गरेको थियो । पछिल्लो समय यस्तो संकलित रकम बाट पिक्नीक जाने, डुल्ने र सबै रकम सक्ने परिपाटिको अन्त्य गर्दै बालबालिकाको हक हित र सिर्जनात्मक कार्यमा सदुपयोग गरेर गाउँ समाजमा उदाहरणीय कार्य गरेको छ ।  हरेक शुक्रबार भेला भएर छुट्टीको दिन शनिबार के गर्ने भन्ने विषयमा छलफल गर्ने र शनिबार साथीहरु एक ठाउँमा जम्मा भएर प्रत्येक हप्ता छुट्टा छुट्टै कार्यक्रम गर्ने गरेका छन् । उनीहरुले नृत्य गायन, विभिन्न खेलकुद कार्यक्रम, उद्घोषण कला, लगायत समाज संग घुलमिल हुने कला पनि सिग्दै आएका छन् ।

यस्तो कार्यक्रम बाट विभिन्न समुदायको संस्कृति ग्रहण गर्ने, चालचलन, आचरण, रहनसहन, एकले अर्कोलाई आदर गर्ने र समुदायमा घुलमिल हुन सक्छन् भन्ने उदेश्यले बालक्लब गठन गरिएको संस्थाकी संरक्षक शुसिला सुवेदी पाठकले बताइन् ।

यसैबिच क्लवले ३ दिने उद्घोषण तालिम कार्यक्रम बिहिबार समापन गरेको छ । डा. डेविड क्याफेमा भएको उद्घोषण तालिमको सहजिकरण नझरेका फूलहरुका कार्यक्रम प्रस्तोता केपी घिमिरेले एकता बालक्लवका सहयोगका निम्ती आफुले प्राप्त गर्ने पारिश्रमीक नलिइ संस्थाको हितका निम्ती निःशुल्क रुपमा गरेका थिए । घिमिरे पछिल्लो समय साहित्य कला र सङ्गीतको संरक्षण र संवद्र्धन गर्दै गाउँ समाजमा भएका कला र गलालाई हौसला प्रदान गर्न राष्ट्रिय कलाकारलाई स्थानीय गाउँ ठाउँमा ल्याउन सफल भएका छन् ।

तीन दिने उद्घोषण तालिम लिइसकेपछि सहभागिले आफुमा अन्तरनिहीत रहेको कला उजागर भएको र अगाडि सम्म जान डराउने अवस्थालाई अन्त्य गरी समाजमा विद्यालयमा भएका कार्यक्रमको सफल उद्घोषक बन्ने उत्प्रेरणा जागेको बताएका थिए ।
सुविजीमुर, सिदार्थ, इन्द्रपुर नमुना, सकुना, ब्राइट फ्युचर, दराइजिङ, बालप्रतिभा लगायत विद्यालयका करिब १२० जना बालबालिका क्लवमा आबद्ध भएका छन् । यो क्लव २०७० सालमा स्थापना भएको हो ।