सिद्धबाबा भनिने कृष्णदास गिरी माथि बलात्कारको आरोप

सुनसरीको चतरा स्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी माथि बलात्कारको आरोप लागेको छ  । बाबाले चतरास्थित आश्रममै कात्तिक ४ मा एक महिलामाथि जबरजस्ती बलात्कार गरेको आरोप लागेको हो ।
आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए ।
स्रोतका अनुसार पीडित महिला केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । सुनसरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी नलिएपछि उनीहरू केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गएका थिए ।
अपराध न्यूज बाट साभार ‍‍।