पथरी जेसीजका अध्यक्ष सुवर्ण खत्री सहितको कार्यसमितिले लियो सपथ

प्रेम के.डि
पथरी / मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजका नवनिर्वाचित अध्यक्ष सुवर्ण खत्रीसहितको नव निर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएको छ । सोमबार सिन भिलेज पार्टी प्यालेसमा आयोजित औपचारिक पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा नव निर्वाचित कार्यसमितिले सपथ लिएको थियो । जेसिजमा नव निर्वाचिति कार्यसमितिलाई अघिल्लो कार्यसमितिले पद हस्तान्तरण गर्ने नियम रहेको छ ।

पथरी जेसीज वर्ष २०२२ कि अध्यक्ष अनिता राईले बर्ष २०२३ का नव निर्वाचित अध्यक्ष सुवर्ण खत्रीको टिमलाई पद हस्तान्तरण गरेको थियो । पथरी जेसीजको ११ औ शाखा अधिवेशनमार्फत बर्ष २०२३ को लागि अध्यक्षमा खत्रीका साथै कार्यकारी उपाध्यक्षमा काशीहाङ राई, टेकनाथ तिम्सिना, उपाध्यक्षहरुमा सागर थापा, अमर महरा, गङ्गराम साह, कृष्णकुमारी राई, सचिवमा नगेन्द्र घिमिरे सर्वसम्मत निर्वाचित भएका थिए ।

नव निर्वाचित समितिले जेसीजको विधान बमोजिम महासचिवमा अनोज घिमिरे, कानुनि सल्लाहकारमा राजकुमार बिक, कोषाध्यक्षमा उज्वल लकान्द्री, तालिम संयोजकमा सुमन कुरुङवाङ, जनसम्पर्क अधिकारीमा सबिन तामाङ, प्रकरण निर्देशकमा सुमन फुयाल, खेलकुद संयोजकमा गिरिस साम्बालाई नियुक्त गरेको छ । त्यसैगरी सरसफाई संयोजकमा जनक पोख्रेल, कोषवृद्धि संयोजकमा निता कुलुङ राई, शाखा सम्पादकमा एन्जिला गिरि, ब्यवसायिक संयोजकमा निर्मला भट्टराई, आइटी संयोजकमा सिरिष बोगटी, सांस्कृतिक संयोजकमा नारायण दाहाललाई मनोनित गरि पद हस्तान्तरण गरिएको छ ।

प्रदेश नं १ की प्रदेशसभा सदस्य गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष स्वस्तिका आचार्य, पथरी जेसीजका पूर्व अध्यक्षहरु, पूर्बी नेपालमा रहेका बिभिन्न शाखाका अध्यक्ष÷प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।