पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ ।

उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी ।