दमकको नमुना बजारमा आगलागी

दमक । झापामा आज बिहानै आगलागी भएको छ । झापा जिल्लाको दमक ६ स्थित नमुना बजारमा आगलागी भएको हो ।आज बिहान करिब ३ बजेबाट आगलागी सुरु भएको बताइएको छ ।

नमुना बजारमा रहेको राज श्रेष्ठको पसलबाट आगलागी सुरु भएको स्थानीयले बतएका छन् । श्रेष्ठको पसलसँगै रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएका छन् । सोही स्थानमा रहेका अन्य पसलहरूलाई जोगाउनका लागि त्यहाँका सरसामान अन्यत्रै सारिएको छ ।

आगलागी नियन्त्रणका लागि दमकका २ वटा दमकल, गौरादह, कानेपोखरी, लेटाङ, सुन्दरहरैचा लगायतका स्थानबाट आएका अन्य दमकलसहित दमक प्रहरी र स्थानीय वासीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो ।