सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ

बिराटचोक । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । गएराति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केल भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रकाले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायत स्थानसम्म महसुस भएको थियो ।
०७२ वैशाख १२ मा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि लामो समय परकम्प गएको थियो । बुधबार राति भने परकम्प नभएर नयाँ भूकम्प नै गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।