लर्ड बुद्धद्धारा सय प्रिन्ट ब्लड संकलन

अनु निरौला । मोरङको पथरी शनिश्चरे २, मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले १ सय प्रिन्ट ब्लड संकलन गरेको छ । सहकारीले नेपाल

 

रेडक्रस सोसाइटी उर्लाबारी युनिटको प्राबिधिक सहयोगमा उत्त ब्लड संकलन गरेको हो ।

संस्थाले रगतको अभावमा

 

कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यका साथ प्रत्येक पुस २५ गते आफ्नो नियमित बार्षीक कार्यतालिका बनाई रक्तदान कार्यक्रम गर्दै आएको छ । सामाजिक कार्यमा सकृय रहेको संस्थाले पेन्सन बचत, वृद्ध भत्ता,

छात्रवृत्ती, जन्म उत्सव, स्वास्थ उपचार सहयोग लगायतका जनमैत्री कार्यक्रम मार्फत सेयर सदस्यको मन जित्दै आएको छ ।

सोहि अवसरमा संस्थाले थप ३७ ज

ना नयाँ शेयर सदस्य समेत विस्तार गरेको संस्थाका सचिव महेन्द्र ढुङगानाले जानकारी दिए ।