बेलबारीमा एक बृद्व दम्पतिको एकै दिन मृत्यु

दिनेश गिरी । बेलबारी । बेलबारीमा अचम्मकाे घट्ना भएकाे छ । जुन घट्नाले बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयलाई अचम्बित बनाएकाे छ । मोरङमा एक बृद्व दम्पतिको एकै दिन मृत्यु भएको छ । जिल्लाको बेलबारी नगरपालिका १० भाउन्ने निवासी नरबहादुर सार्की र उनकी पत्नी भक्तिमाया सार्किको सोमबार दिउसो मृत्‍यु भएको हो । नरबहादुर ८७ बर्षका थिए भने उनकी पत्नी ७३ बर्षकी थिइन् ।

स्थानियका अनुसार नरबहादुरको मृत्यु भएको २ घण्टापछि उनकी पत्नीको पनि मृत्यु भएको हो । दिउसो १ बजे नरबहादुरको मृत्‍यु भएको थियो । घर परिवारमा रुवाबासी थियाे । यसै बिच उनको पत्नीको समेत लगतै मृत्‍यु भएको हो ।

नरबहादुरको चार जना छोरा रहेका छन । एकै दिन मृत्यु भएका दम्पतिको अन्तिम संस्कार गर्ने तयारी भइरहेको स्थानीयले जानकारी दिएका छन । एकै परिवारमा अनौठो मृत्यु भए पछि गाउँलेहरु अचम्ममा परेका छन ।